काठमाडौँ हाप्कीडो गठन

रमिला खत्रीको अध्यक्षतामा काठमाडौँ जिल्ला मार्सल आर्ट हाप्कीडो एसोसिएसनको गठन भएको छ । नव गठित कमिटीमा सो सङ्घको उपाध्यक्षमा विजय कुमारी वाइवा र राजु तामाङ रहेका छन् । यसै गरी,दीपिका राई सचिव तथा सुदिप तामाङ कोषाध्यक्ष छन् । मिरन तामाङ र गौरव रजक सदस्य छन् ।
दक्षिण एसियाली मार्सल आर्ट हाप्कीडो एसोसिएसन तथा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती र काठमाडौँ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तिलक घिमिरेको पनि कार्यक्रममा उपस्थिति थियो । केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, सचिव हुम प्रसाद खनाल, कोषाध्यक्ष इन्द्र महत तथा सदस्य अतुल पौडेल र लालन लामाको पनि उपस्थिति थियो ।
पछिल्ला वर्ष सेमिनार र प्रतियोगितामा व्यस्त यो एसोसिएसन अहिले सङ्गठन पुनर्संरचनाको क्रममा छ । एसोसिएसनका अध्यक्ष घर्तीले हाप्कीडो दक्षिण एसियाली केन्द्र र नेतृत्वको अवसर पनि नेपालले पाएको कारण थप जिम्मेवारी समेत भएको बताए । यसै एसोसिएसनले नेपालमै विश्व च्याम्पियनसिपको आयोजना गर्ने तयारी समेत गरिसकेको छ ।

सन् २०२२ को अगस्ट २६,२७ र २८ मा काठमाडौँमा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजनामा काठमाडौँमा विश्व हाप्कीडो मार्सल आर्ट च्याम्पियनसिप आयोजना हुने छ । साथै सोही समयमा विश्व हाप्कीडो सेमिनार पनि आयोजना हुने छ । सेमिनारमा १५ ग्रान्डमास्टरले प्रशिक्षण दिने छन् ।

Comment