सक्षम र संगीताको सफलतासंगै तेक्वान्दोको स्वर्ण ११

तेक्वान्दोको हेभीवेटमा सक्षम कार्कीले स्वर्ण पदक जितेकै दिन बुधबार लाइटवेट(६२) किलो मुनी संगीता बस्यालले स्वर्ण पदक जितेकी छिन् । उनले फाइनलमा भारतकी गंगोजित गीललाई पराजित गरिन् । सो स्पर्धामा पाकिस्तानकी जोया सबिर र श्रीलंकाकी मनिषा समराजिराले काश्य पदक जिते ।
महिलाकै हेभीवेट(७३ किलो माथि)को समुहमा भारतकी सोडावी बरुवासंग पराजित हुदै नेपालकी निसा रावल रजत पदकमा सिमित भइन् । सो स्पर्धामा श्रीलंकाकी नुवान्थी गुणबद्र्धनाले काश्य पदक जितिन् ।
महिलाको बेन्टमवेट(५३ किलो)मा नेपालकी अस्मिता खड्का काश्यमा सिमित भइन् । सो स्पर्धामा उनलाई सेमिफाइनलमा पराजित गर्ने भारतकी लतीका भण्डारी र पाकिस्तानकी एलीसा आयसा अस्फारले रजत जिते । श्रीलंकाकी दसुनी निमेसले काश्य पदक जितिन् ।
पुरुषको बेन्टमवेट(६३)मा श्रीलंकाका चामिन्डा सम्पथले स्वर्ण र भारतका सौरभले रजत जिते । नेपालका ज्ञानेन्द्र हमाल र पाकिस्तानका मेहदुद खानले काश्य पदक जिते । लाइटवेट(७४ किलो)मा भारतका जर्नेल सिंहले स्वर्ण तथा पाकिस्तानका जर्वान असाद खानले रजत जिते । नेपालका निश्चलमान श्रेष्ठ र श्रीलंकाका दर्साना नयन कुमारा जयसिंघले काश्य पदक जिते । प्रतियोगितामा ६ स्पर्धा बाकी रहदाँ नेपालले ११ स्वर्ण पदक जितेको छ ।

Comment