आयोजक त्रीयोगलाई चेस उपाधि


क्युकेएस अन्तर विद्यालय चेस प्रतियोगितामा आयोजक त्रीयोग हाइस्कुलले पहिलो स्थान हात पारेको छ । पहिलो स्थान हात पार्ने क्रममा त्रीयोगले प्रतियोगिताका ८ मध्य ६ स्पर्धामा पहिलो स्थान हात पार्न सफल भयो । बाकीँ दुइ स्पर्धामा नीसर्ग बाटीका र ब्रीटीस स्कुलले पहिलो स्थान पाए ।
छात्राको कक्षा चार सम्मको प्रतिस्पर्धामा त्रीयोगकी कृपा बेल्बासे पहिलो,एलआरआइकी चिरायु जीसी दोश्रो तथा त्रीयोगका आश्रीका आचार्य तेश्रो भए । यसैगरी, ५ र ६ कक्षा समुहमा त्रीयोगकी रिया श्रेष्ठ पहिलो,सस्कृती स्कुलकी स्नेहा नेपाल दोश्रो तथा जेम्सकी सलिन राइ तेश्रो भए । यसैगरी, कक्षा सात र आठ समुहको स्पर्धामा त्रीयोगकी मार्सल तामाङ पहिलो, जेम्सकी चेतना शर्मा दोश्रो तथा जेम्सकी सीलु रञ्जित तेश्रो भए ।
कक्षा ९ र १० समुहमा त्रीयोगकी उन्नती सिलवाल पहिलो,रिजुला श्रेष्ठ दोश्रो र सिलु पगेनी तेश्रो भए ।
छात्रको कक्षा १ देखि चार सम्मको समुहमा ब्रीटीस स्कुलका तारुस मोर पहिलो, निसर्ग बाटीकाका अरभ गौतम दोश्रो तथा जेम्सका अविज्ञ डंगोल तेश्रो भए । कक्षा ५ र ६ को समुहमा निसर्ग बाटीकाका अनुष्ण गौतम पहिलो , जेम्सका अभिक महासेठ दोश्रो तथा त्रीयोगका सुलक्ष भट्ट तेश्रो भए । कक्षा सात र आठको समुहमा कुशल बेल्बासे पहिलो,जेम्सका यादव प्रतिक दोश्रो तथा क्यारेबीयन स्कुलका यांग हंग राइ तेश्रो भए । कक्षा ९ र १० समुहमा त्रीयोगका कपिल घिमिरे पहिलो, निसर्ग बाटीकाका अभिक प्रधान दोश्रो तथा इम्पेरियलका आयुश दो। तेश्रो भए ।
आइतबार सुरु भएको प्रतियोगिताका ८ स्पर्धामा १२ विद्यालयका २सय २४ खेलाडीको सहभागिता रहेको थियो । स्वीस लिगको आधारमा प्रतियोगिता सञ्चालन भएको थियो ।

Comment