कतारसँग नेपालको हार

आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित गरेको छ । नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । कतारका लागि इनाम उलहकले ४१,कमरान खानले २२, नौ म्यान सरवारले १५ र जाहिर इब्राहिमले १२ रनको योगदान गरे ।
यस अघि इन्डियन एसोसीएसन मैदानमा टस जितेर व्याटिंग गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपाललाई सामान्य योगफलमा समेट्ने क्रममा कतारका इकवाल हुसेनले तीन विकेट लिए ।

Comment