नेपालको हार

फिफा अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार  नेपाल  मलेसियासंग २–० ले पराजित भएको छ । पूर्वाद्धको समय बराबरीमा सकिए पनि मध्यान्तरपछि मलेसिया खेलमा पकड जमाउन सफल भयो ।  मलेसियाको बुकित जलील रंगशालामा भएको खेलमा नेपाल विरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । सपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो ।

२८ औं मिनेटमा नेपालले गोलको राम्रो अवसर पाए पनि विक्रम लामाको प्रहार बारमा लागेर फर्केको थियो । ३६ औं मिनेटमा मेलेसियाको प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल क्लियर गर्न पुग्दा देबेन्द्र तामाङले पहेंलो कार्ड पाए ।४९ औ मिनेटमा सवाफी रसिदको पेनाल्टी गोलमा पहिलो अग्रता लिएको मलेसियाका लागि ८२ औ मिनेटमा सवाफी रसिदले गोल गरे ।

Comment