सेन्ट जेभियर्स पहिलो

प्रथम गाेदावरी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल पहिलो भएको छ । गाेदावरी नगरपालिकाकाे आयोजनामा सेन्ट जेभियर्स स्कुल प्राङ्गणमा सम्पन्न भएको दुई दिने प्रतियोगितामा बज्र एकेडेमी दोश्रो र सरस्वती मावि तेश्रो भए । गाेदावरी नगरपालिका भित्रका १७ विद्यालयहरुकाे सहभागीता रहेकाे प्रतियोगिताको मार्च पासमा पुष्पाञ्जली स्कुल विजयी भयो । विजयी भयो । विजयी टोली तथा खेलाडीलाई प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, विशेष अतिथिहरु प्रदेश सभा सदस्य लालकुमारी पुन र कार्यक्रम सभापति एवम् गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा गाेदावरी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु प्रधान अध्यापकहरु बिच आयोजित २०० मिटर दाैडमा सरस्वती मावि लेलेका नानीराम सञ्जेल पहिलो भएको स्वयंसेवक खेलकुद प्रशिक्षक चिन तामाङले जानकारी दिए ।

Comment