डिगम्बर फाइनलमा

जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त फाइनलमा प्रवेश गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेन्जुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । फाइनलमा उनले काजाकिस्तानका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६० केजीमा नेपालका विजय श्रेष्ठले तेश्रो स्थानका लागि आइभरी कोस्टका खेलाडीसंग खेल्नेछन् । डिगम्बर र विजयले आइतबार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालबाट जम्मा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष एकल कातामा पर्शुराम बाँस्तोला र गणेश थिङ तथा पुरुष ६७ केजीमा अनिश लामाको चुनौती समाप्त भइसकेको । प्रतियोगितामा गत नोभेम्बरमा इन्डोनेसियामा भएको एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सहभागी गराइएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।

Comment