इचंखु नारायणमा कराते प्रतियोगिता अर्को साता

इचंखु नारायण कराते डोे र इचंखु सामुदायीक खेलकुद विकास समाज, नागार्जुनको संयुक्त आयोजनामा दोश्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता २८ र २९ मंसिरमा हुने भएको छ । डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका खेलाडीहरुको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष बाबुराम लामाले जानकारी दिए । यसैगरी, उनले आमन्त्रीत टोलीका रुपमा भक्तपुर, ललीतपुर,नुवाकोट, काभ्रेपलान्चोक र लमजुंगका टोलीसंग समेत सम्पर्क भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगिता संयोजक सन्तोष चाम्लीङले प्रतियोगितामा कुमुते तर्फ पुरुष र महिलाका ९÷९ स्पर्धा समाबेश गरिएको बताए । चाम्लीङले खेल बिश्व कराते महासंघ(डब्लुकेएफ)को नियम अन्तरगत रहेर खेलाइने पनि उनले जानकारी दिए । यसैगरी, महिला र पुरुषका एकल काता पनि समाबेश गरिएका छन् । प्रतियोगिताको अनुमानीत लागत ८ लाख रुपैया रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक नागार्जुन नगरपालीका रहेको छ । नेपाल कराते महासंघका रेफ्रि काउन्सील सचिव समेत रहेका एकेएफ रेफ्रि छत्र आलेको नेतृत्वमा रहेको टोलीले सम्पूर्ण प्राबीधीक जिम्मेवारी सम्हाल्ने छ ।
बि.स २०५३ मा स्थापीत यस डोजोले विगतमा थुप्रै प्रतियोगिता आयोजना गर्नुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ । डोका सदस्य कृष्ण थापाले भौतीक संरचनामा यो डो उत्कृष्ट भएको बताउदै राष्ट्रिय स्तरमा परिचित गराउन समेत प्रतियोगिता महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरे । पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ कराते प्रशिक्षकहरुको उपश्थिती थियो ।

Comment