चितवन र धनगढीको जित

पोखरा प्रीमीयर लिगको बिहिबार भएको खेलमा चितवन राइनोजले हुलास कोठमाडौं रोयल्सलाई १३ रनले पराजित गरेको छ । १५० रनको लक्ष्य पछ्याएको काठमाडौ निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउदै १३६ रनमा सिमि भयो । काठमाडौंका यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले ५ विकेटको क्षतीमा १४९ रन जोडेको थियो । चितवनका लागि म्यान अफ द म्याच हरिशंकर शाहले ६० रनको योगदान गरे । ४९ बलको सामना गरेका शाहले ५ चौका र ३ छक्का प्रहार गरे ।
अर्को खेलमा एक्सपर्ट धनगढीले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित ग¥यो । १६२ रनको लक्ष्य पाएको बुटवल २० ओभरमा ६ विकुट गुमाउदै १४१ रनमा सिमित भयो । बुटवलका चिराग सुरीले ७९ रन जोडे । ५४ बलको सामना गरेका सुरीले १२ चौका र एक छक्का प्रहार गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले चार विकेटको क्षतीमा १६१ रन जोड्यो । धनगढीका लागि म्यान अफ द म्याच घोषित डन लरेन्सले ५२ तथा दिपेन्द्र सिंह ऐरीले ५६ रन जोडे । लरेन्सले एक विकेट पनि लिए ।

Comment