प्रसंशा बनिन् च्याम्पियन


प्रसंशा मोक्तान पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिप अन्तर्गत अन्डर–१० गल्र्स तर्फको उपाधि विजेता बनेकी छन् । ललितपुर सातदोबाटोस्थित लन टेनिस कोर्टमा आइतबार भएको फाइनलमा प्रसंशाले सुनिरा थापालाई ६–१, ६–३ ले हराउँदै च्याम्पियन बनेकी हुन् । यस्तै अन्डर –९ गल्र्सको फाइनलमा समृद्धि महर्जनले शिभाली ढकाललाई ४–२, ४–२ ले हराउँदै च्याम्पियन बनिन् । ब्वाइज अन्डर–९ स्पर्धामा भने निशाद जोशी च्याम्पियन बने । उनले फाइनलमा बोरिस अधिकरीलाई ५–३, ४–० ले हराएका हुन् ।
यसैगरी अन्डर–१० को फाइनलमा सक्षम बिक्रम शाह र राजबीर प्रधानले भेट पक्का गरेका छन् । आइतबार भएको फाइनलमा सक्षमले आयुष्मान घलेलाई ६–२, ६–३ ले तथा राजबीरले निशाद जोशीलाई ६–०, ६–२ ले पाखा लगाएका हुन् ।
यस्तै सक्षम बिक्रम राणा, आरभ सम्राट हाडा, आयुष्मान घले र प्रणव मानन्धर अन्डर –१२ ब्वाइजतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । गल्र्स अन्दर–१२ तर्फको सेमीफाइनलमा भने आइशा डोल्कर गुरुङ्ग, आजा रेग्मी, ईभा अधिकारी र सुभाङ्गी लक्ष्मी शाहले स्थान पक्का गरेका छन् ।
यसैगरी अन्डर–१४ गल्र्सतर्फ सलोनी तामांग, ईशाश्री शाह र रायणा शाहले सेमीफाइनलमा स्थान सुरक्षित गर्दा ब्वाइज अन्डर–१४ थर्फ आर्यन गिरी, आरभ सम्राट हाडा, एभ्यक जोशी र प्रणव मानन्धर सेमीफाइनलमा प्रवेश गरेका छन् ।

Comment