एलए कराते बिहिबारदेखि

लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
एकल कातासहित प्रतियोगिताअन्तर्गत ब्वाइजमा १३ र गल्र्समा १२ गरी जम्मा २५ स्पर्धामा प्रतिस्पर्धा हुने एलएका कराते प्रशिक्षक एवं आठौं र नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता दीपक श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट जम्मा २ सय खेलाडीको सहभागिता रहने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजककै हातामा हुनेछ ।

Comment