नेपालको चुनौती समाप्त

नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ मा नेपालको चुनौती बुधबार समाप्त भएको छ । सिंगल्स र डबल्स दुवै स्पर्धामा बुधबार पराजित भएपछि नेपाली खेलाडीहरुको चुनौती समाप्त भएको हो ।
पुरुष सिंगल्समा भारतका जैशविन सिडानाले नेपालका प्रणव खनाललाई ६–३ र ६–०, भारतका वंश भग्तानीले लाओसका फाथिकोन कन्याफनलाई ६–२ र ६–१, भारतका प्रशन्न प्रवीण बगाडेले थाइल्यान्डका तानापात निरुन्डोर्नलाई ६–४ र ६–२, जापानका ताइयो हिरानोले भारतका रिसभ अग्रवाललाई ६–० र ६–१, ताइपेईका चिया फान साउले चीनका ग्वाङसेन वेनलाई ६–४ र ६–१, जापानका ताइसेई कागेयामाले चीनका ग्वाङलिन वेनलाई ६–१, २–६ र ६–१, भारतका अनुराग अग्रवालले ताइपेईका काइ सियाङ याङलाई ३–६, ७–५ र २–० (रिटायर्ड हर्ट) तथा भारतका निइथाउलिन काल्भिन गोमेइले पाकिस्तानका मुहम्मद नौमन अफ्ताबलाई ६–२ र ६–२ को सेटमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरे ।
महिला सिंगल्समा चीनकी यिमिङ दाङले नेपालकी माहिका राणालाई ६–० र ६–२, हङकङकी चुई केइ लिउङले नेपालकी इरा रावतलाई ६–३ र ६–०, भारतकी श्रीनिधि श्रीधरले नेपालकी एनी माथेमालाई ७–६(५) र ६–३, जापानकी कानोन यासुमोतोले फिलिपिन्सकी मा कार्मेनसिता इसाबेला कार्लोसलाई ६–१ र ६–४, जापानकी मनामी उकिताले भारतकी स्मृति भासिनलाई ६–१ र ६–३, अमेरिकाकी रुतुजा छप्हल्करले नेपालकी प्रेरणा कोइरालालाई ६–२ र ६–३, भारतकी प्रिंकल सिंहले भारतकी साना खन्नालाई ६–२ र ७–६(३) तथा भारतकी दिब्या भानीले भारतकै अर्चिता महल्वाललाई ६–२ र ६–१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष डबल्समा भारतका वंश र जैशविनको जोडीले लाओसका फाथिकोन र थाइल्यान्डका तानापातको जोडीलाई ४–६, ७–६(४) (१०–७), जापानका ताइयो र ताईपेईका चियाको जोडीले भारतका भूपेन्द्र दाहिया र कृषशन गुडाको जोडीलाई ६–४ र ६–१ तथा जापानका दाइसुके इनागावा र कागेयामाको जोडीले भारतका तरुष बगाई र रोहन श्रीवास्ताको जोडीलाई ६–२ र ६–१ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । एक समय अभावले गर्दा सम्पन्न हुन सकेन ।
महिला डबल्समा भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहापात्रको जोडीले नेपालका मायांका राणा र माहिका राणाको जोडीलाई ६–३ र ६–३, हङकङकी लिउङ र भारतकी सान्या सिंहको जोडीले अमेरिकाकी रुतुजा र नेपालकी प्रेरणाको जोडीलाई ६–३ र ६–२, भारतका स्मृति र रुदया शाहको जोडीले नेपालकी प्रकृति श्रेष्ठ र भारतकी श्रीनिधिको जोडीलाई ६–४ र ६–३ तथा जापानका आयुमी हामा र कानोनको जोडीले चीनकी यिमिङ र क्विनयु लिउको जोडीलाई ३–६ र ६–१(१०–८) को सेटमा पन्छ्याउदै सेमिफाइनलमा पुगे ।
Comment