खड्कालाई पाँचौं डान


जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्कालाई पाँचौं डानको प्रमाण पत्र शनिबार प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा उत्तीर्ण हुँदै खड्का पाँचौं डानमा पदोन्नती भएका हुन् ।
संघकै आयोजनामा भएको छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको समापन कार्यक्रममा गोजुरियो केन्वाकाइका संस्थापक जापानका हान्सी अकिओ ताकाहासीले खड्कालाई पाँचौं डानको प्रमाण पत्र हस्तान्तरण गरे । खड्का दक्षिण एसियाली केन्वाकाईका प्रमुख प्रशिक्षक, विश्व गोजुरियो कराते र एसियाली गोजुरियो कराते महासंघका रेफ्री तथा एसियाली कराते महासंघ (एकेएफ) का जज हुन् ।

Comment