महासंघ अधीकारीको मन्त्री शर्मासंग भेट


अखिल नेपाल खेलकुद महासंघका अधीकारीहरुले माओबादी केन्द्रका प्रभावशाली नेता तथा मन्त्री जर्नादन शर्मालाई प्रतिनिधी सभा सदस्यमा पश्चिमरुकुमबाट विजयी भएकोमा बधाइ ज्ञापन गरेका छन् । महासंघका अधीकारीहरुले शर्माले विगतमा जनप्रीय काम गरेका कारण भबीश्यमा पनि यसै खाले सकरात्मक काम गर्ने अपेक्षा रहेको बताए । महासंघका महासचिव काली बहादुर घर्ती मगरका अनुसार भेटमा शर्माले देशको विकासमा  युवाको भुमिका महत्वपूर्ण रहने बताए ।
स्थायी सरकारको कारण पनि देश प्रगती पथमा लम्कने अपेक्षा रहेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले बामगठबन्धनको सरकार खेलकर्मीका लागि सहयोगी हुने बताए ।

Comment