बिरमान बेल्जीयमतर्फ


बेल्जीयममा बासोबास गरिरहेका कराते खेलाडी बिरमान घर्ती बिहिबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका छन् । घर्तीलाई त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका महासचिव काली बहादु घर्ती लगायतले विदाइ गरे । सन् ९० को दशकमा नेपाली करातेका चर्चीत खेलाडी घर्तीले दक्षिण एसियाली कराते च्याम्पियनसीपमा दुइ स्वर्ण पदक पाएका थिए । उनले बेल्जीयममा रहेर पनि कराते खेलेर स्वर्ण पदक पाएका थिए । ६५ किलो तौलल समुहका तत्ककालीन स्टार घर्ती नेपालमा रहदा थुप्रै विर्षनलायक घटना भएको बताउछन् । नेपालमा रहदा थुप्रै प्रतियोगितामा आफूप्रति राखिएको पूर्वाग्रह बिर्षनलायक भएको उनी बताउछन् ।

Comment