कराते टोली मलेसिया प्रस्थान


मेयर कप चौथो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा सहभागी नेपाली टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ३ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।
पुरुषमा राकेश महर्जन, जेशन श्रेष्ठ र रविन्द्र मानन्धर तथा महिलामा ज्योति गिरीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम प्रशिक्षकमा रामकृष्ण खड्गी तथा अफिसियलमा सानुभाइ थापा मगर र विजय ताम्राकार छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment