साइपाल फाइनलमा


साइपाल एकेडेमी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा साइपालले एसलाई ४५–२६ ले पराजित ग¥यो । साइपालकी रोशनी श्रेष्ठले १२ अंक जोडिन् । फाइनलमा साइपालको भेट जेभियर इन्टरनेसनल कलेजसंग हुनेछ ।
ब्वाइजमा सीसीआरसी क्वाटरफाइनलमा पुग्यो । सीसीआरसीले एसलाई ४६–३० ले हरायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १० अंक योगदान गरे ।
ब्वाइजको अन्य लिगमा जेभियरले ज्ञान निकेतनलाई ५२–३६ तथा गोल्डेनगेटले बर्न हार्टलाई ४९–३८ ले पन्छाए । जेभियरका अनुप वाइबाले १५ तथा गोल्डेनगेटका विवेक राउतले १६ स्कोर गरे ।

Comment