ट्रिनिटीको जित

ट्रिनिटी इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार जित हात पारेको छ । ट्रिनिटीले क्याम्पियनलाई ५५–२८ ले पराजित ग¥यो । ट्रिनिटीको जितमा बुद्ध मगरले १७ अंक योगदान गरे ।
ब्वाइजकै अन्य खेलमा न्यु समिटले नोबेल एकेडेमीलाई ४५–३७ तथा बर्न हार्टले मोर्गन इन्टरनेसनल कलेजलाई ४७–४४ ले हराए । न्यु समिटका विशाल मानन्धरले १८ तथा बर्न हार्टका निकेश पाण्डेले १९ स्कोर गरे

Comment