प्राइम र सीसीआरसी जित


प्राइम र सीसीआरसीले १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् । प्राइमले आयोजक ज्ञान निकेतनलाई ५०–३० ले पराजित ग¥यो । प्राइमको जितमा प्रज्ज्वल महर्जनले २२ अंक योगदान गरे । आशिष बस्नेतको १४ अंक सहयोगमा सीसीआरसीले रोजबडलाई ५४–३२ ले हरायो । सोही स्पर्धामा गोल्डेनगेटले ग्रिनफिल्डलाई ३७–३३ ले पाखा लगायो । विजेताका अभिषेक सिंहले १७ स्कोर गरे ।
जुनियर ब्वाइजमा नेरिकले हिमालयन एकेडेमीलाई २४–१९ ले पन्छायो । नेरिकका भुवन थापाले १९ अंक जोडे ।
उता दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा ज्ञान निकेतनले विज किड्सलाई २५–१०, लाइसियमले न्यु अरुणोदयलाई १०–६, कन्स्टिलेसनले बेबिलनलाई १८–८ तथा जगत मन्दिरले सम्भावीलाई १०–८ ले पराजित गरे । सिनियर ब्वाइजमा पिस प्वाइन्ट विरुद्धको खेलमा बेबिलन ३४–१८ ले विजयी भयो । बेबिलनका प्रयुश खत्रीले १० अंक जोडे ।

Comment