भारतीय खेलाडीको दबदबा

 केशा  ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा बुधबार भारतीय खेलाडीको दबदबा रह्यो । बुधबार भारतीय खेलाडीले ब्वाइज÷गल्र्सको दुई डबल्स उपाधि जिते । ब्वाइज सिंगल्सको उपाधि पनि भारतले निश्चित छ । सो स्पर्धामा दुवै भारतीय खेलाडी फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै गल्र्स सिंगल्समा एक भारतीय खेलाडीले फाइनलमा स्थान पक्का गरिसकेकी छन् भने एक खेलाडीले सेमिफाइनल खेल्न बाँकी छ । ब्वाइज डबल्सको उपाधि भारतका अनर्घा गांगुली र लेस्टन भाजको जोडीले जिते । फाइनलमा उक्त जोडीले नेपालका निशान श्रेष्ठ र आदित्य सुवेदीको जोडीलाई ५–७, ६–४ र १०–४ को सेटमा पराजित गरे । गल्र्स डबल्सको फाइनलमा भारतीय जोडी वैश्नवी अड्कर र हर्साली मान्दभ्करको जोडीले नेपालकी अभिलाषा विष्ट र भारतीकी इलिना झाको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा हराए । डबल्स उपाधि विजेता जोडी अनर्घा र लेस्टन ब्वाइज सिंगल्सको फाइनलमा आमने–सामने हुने भएका छन् । सेमिफाइनलमा अनर्घाले आफ्नै देशका सिवसामी रामालिङगम नाथिन रामलाई ६–० र ६–१ तथा लेस्टनले नेपालका आदित्य सुवेदीलाई ७–५ र ६–१ को सीधा सेटमा पाखा लगाए । गल्र्स सिंगल्समा भारतकी वैश्नवी अड्करले पहिलो सेमिफाइनलमा भारतकै हर्साली मान्दभ्करलाई ६–० र ६–३ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरिन् । वैश्नवीले उपाधिका लागि नेपालकी अभिलाषा विष्ट र भारतकी प्राची मन्त्रीबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछिन् । प्राचीले मंगलबारै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकी छन् भने अभिलाषाले बुधबार भएको अन्तिम क्वाटरफाइनलमा नेपालकै स्नेहा यादवमाथि ६–१ र ६–१ को सहज जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । नेपाल र भारतका खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट अभिलाषाको मात्र चुनौती बाँकी छ ।

Comment