ज्ञान कार्निभल शुक्रबारदेखि

विद्यालयस्तरको सबै भन्दा पुरानो प्रतियोगिता मध्येको एक ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिताको २४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । ज्ञानोदय बाल वाटिका उमाविको आयोजनामा हुने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज÷गल्र्समा समान ८–८ गरी १६ टिमको सहभागिता रहने ज्ञानोदयका बास्केटबल प्रशिक्षक अनमोल राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजमा पुष्पसदन तथा गल्र्समा मल्पी इन्टरनेसनल स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । त्यस्तै ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुने फुटबलमा १२ टिमको सहभागिता निश्चित भएको कार्निभल संयोजक जयराम अधिकारीले जानकारी गराए । सहभागीलाई ४ समूहमा बाँडेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । गत संस्करणको उपाधि आयोजक ज्ञानोदयले नै जितेको थियो । दुवै खेलका प्रतिस्पर्धा खोकनास्थित आयोजककै हातामा हुनेछ ।

Comment