यसकारण जितमा ढुक्क छन् मर्हजन

आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा खेलकर्मीको पनि उम्मेदवारीको चर्चा चलेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष तथा करातेका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय रेफ्रि मिनकृष्ण मर्हजनको चर्चा पनि चुलीएको छ । त्यसोत मर्हजनले कुराकानीको क्रममा आफूले नै निर्वाचनमा जित्न सक्ने आधार धेरै भएको बताएका छन् । ललीतपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर एकका ख प्रदेशमा प्रत्यक्षतर्फ कांंग्रेसबाट मिनकृष्ण सहित प्रभाकर पोख्रेल, कबेल लामा, विमल थापा र विमल विष्टको नाम सीफारिस भएको छ ।
२०७२ को भुकम्प पछि पिडितहरुको सहयोगमा मिनकृष्णको सक्रियता लामो समयसम्म रहेको थियो । बाटो, मन्दिर, कुवा र पाखेरी निमार्णमा सक्रिय उनी सो क्षेत्रका गरिब ब्यक्तिको परिवारमा रोजगारी दिलाउन पनि सक्रिय रहदै आएका छन् । गरिब ब्यक्तिलाई अस्वस्थताको समयमा स्वाथ्योपचारमा सहयोग गर्ने समेत बानीका कारण आफू लोकप्रीय रहेको मर्हजनको जिकिर तथ्य संगत रहेको ललीतपुरको राजनितीलाई नजीकबाट नियाल्नेहरु बताउछन् । खेलकुदमा धेरै अघि देखि सक्रिय उनीे कराते महासंघका बरिष्ठ उपाध्यक्ष लगायतको जिम्मेवारीको अनुभबले पनि युवा माझ लोकप्रीय रहेको दावी गर्छन् ।
सो प्रदेश सभा क्षेत्रमा गोदावी नगरपालीकाको वडानम्बर, ६,७,८,९,१० र ११ का साथै कुन्जेसोम गाउपालीकाका पडा नम्बर दुइ र तीन तथा बाग्मती गाउपालीका रहेका छन् । १५ वडा मध्य १३ वडाबाट उनको नाम पहिलो नम्बरमा सीफारिस भएको थियो । उनको बसोबास रहेको पूर्व चापागाउँ गावीस हाल गोदावरी नगरपालीकाका १० र ११ नम्बर वडामा रहेका छने । दुइ वडामा लगभग १३ हजार मतदाता रहेकामा आफ्नो पक्षमा माहेल सृजना हुनेमा मिनकृष्ण बिश्वस्त रहेका छन् । दौश्रो सबीधान सभा तथा गएको स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने यो क्षेत्रको कांग्रेसका लागि अनुकुल क्षेत्र मानीन्छ ।

Comment