एलए र सेन्ट जेभियर्सलाई उपाधि


लिटिल एन्जल्स स्कुल (एलए) र सेन्ट जेभियर्सले बृहस्पति कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । एलए ब्वाइज तथा सेन्ट जेभियर्स गल्र्समा च्याम्पियन बने ।नक्सालस्थित आयोजक बृहस्पति विद्या सदनको मैदानमा भएको ब्वाइज फाइनलमा एलएले रोजबडलाई टाइब्रेकरमा २–० गोलले पराजित ग¥यो । निर्धारित ३० मिनेट र थप गरिएको १० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । एलएका सन्जिव वाइबा र तोरण रावलले पेनाल्टी अवसरलाई सदुपयोग गरे ।
गल्र्सको उपाधि भिडन्तमा सेन्ट जेभियर्सले अरुणिमालाई १–० को झीनो गोलअन्तरले हरायो । सेन्ट जेभियर्सकी किम्ती श्रेष्ठले निर्णायक गोल गरिन् । ब्वाइजमा एलएका सम्राट लिम्बू तथा गल्र्समा सेन्ट जेभियर्सकी सम्बारिका क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । ब्वाइजमा सेन्ट जेभियर्स तथा गल्र्समा एलएले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई बृहस्पतिका निर्देशक प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा, एकेडेमिक कोओर्डिनेटर ईश्वरीप्रसाद ज्ञवाली, राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर, मिडिया कोओर्डिनेटर डोल्मा लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । भदौ १८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ब्वाइजको पहिलो तथा गल्र्सको पाँचौं संस्करण हो ।

Comment