नेरिकको दुवै टिम सेमिफाइनलमा


छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा नेरिकको सिनियर र जुनियर ब्वाइज दुवै टिम मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिनियर ब्वाइजमा नेरिकले इलाइट को–एडलाई ४९–२५ ले पराजित ग¥यो । नेरिकको जितमा पवन खत्रीले २३ अंक योगदान गरे । जुनियर ब्वाइजमा नेरिकले महामञ्जुश्रीलाई ४६–२० ले हरायो । नेरिकका सुजन बस्नेतले १९ स्कोर गरे ।
सिनियर ब्वाइजमा न्यु जेनिथले ग्रिन लाउन्सलाई २६–१३ तथा ज्ञान निकेतनले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ३५–२५ ले पन्छाए । न्यु जेनिथका सुन्दर श्रेष्ठले ९ तथा ज्ञान निकेतनका मनीष तामाङले १२ अंक जोडे ।
सिनियर गल्र्समा विल्सन एकेडेमीले द एक्सेल्सियर स्कुललाई १९–१५ तथा ज्ञान निकेतनले ब्राइट होराइजनलाई २२–२० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । विल्सनकी प्रजिता पुरीले ९ तथा ज्ञान निकेतनकी डेजी कार्कीले १० स्कोर गरे । अर्को लिग खेलमा विपना थापाको ९ अंक सहयोगमा ग्रिनफिल्डले दिब्य ज्ञानलाई १५–१३ ले पाखा लगायो ।
जुनियर ब्वाइजमा बर्नहार्टले होली भिजनलाई १२–७ ले हराउदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । विजयी टिमका लागि सन्देश राइले ६ अंक जोडे ।

 

Comment