यु–१६ सावा पुरुष बास्केटबल च्याम्पियनसिपको तयारी पुरा

 

 

 

 

 

 

 

नेपाल बास्केटबल संघको आयोजनामा २० भदौ देखि सञ्चालन हुन गईरहेको यु–१६ सावा पुरुष बास्केटबल च्याम्पियनसिप २०१६ को सम्पूर्ण तयारी पुरा भएको छ । संघले  रोयलसिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । पाँचौ एशियन बास्केटबल च्याम्पियनसिपको लागि दक्षिण एशियाली क्षेत्रको छनोट प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश, माल्दिप्स, भुटानको सहभागिता रहने छ । राउन्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताबाट पहिलो हुने एक टोली एशियन बास्केटबल च्याम्पियनसिपको लागि छनोट हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो । दक्षिण एशियाली बास्केटबलमा भारत सवै भन्दा बलियो टोलीको रुपमा रहेको छ । नेपाली टोलीले विजय हासिल गर्दै एशियन च्याम्पियनसिपको लागि छनोट हुने आशा राखेको प्रशिक्षक रविन्द्र मान महर्जनले जानकारी गराए । अन्तराष्ट्रिय प्रतियोगितामा सवैनै प्रथम पटक प्रतिस्पर्धा गर्न लागेका खेलाडीहरु रहेको नेपाली टोलीका कप्तान सन्तोष खत्रीले विजयी हुने आत्मविश्वासका साथ कोर्टमा उत्रने बताए ।
श्रीलङकालाले अन्तिम क्षणमा आएर प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी दिएको नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डि शेर्पाले जानकारी गराए । प्रतियोगितामा सहभागि हुन चारै देशका खेलाडीहरु नेपाई आईपुगी सकेका छन् ।
नेपालले यस अघि दुई अन्तराष्ट्रिय च्याम्पियनसिप आयोजना गरिसकेको छ । जसमा पुरुष सावा बास्केटबल च्याम्पियनसिप र सावा महिला बास्केटबल च्याम्पियनसिप रहेका छन् । प्रतियोगिताको कुल लागत ४५ लाख ७८ हजार रहेकोछ ।

Comment