खेलाडीकोे स्वागतमा नेपाल ताइवान एसोसीएसन


२९ औं युनिभर्सियाड २०१७, ताईपेईमा सहभागी हुन ताईवान आईपुगेको नेपाली खेलाडी तथा अफिसियलको टोलीलाई नेपाल ताईवान संघले शनिबार रात्रीभोजको आयोजना गरि सम्मान ग¥यो । विभिन्न पेशा र व्यवसायमा ताईवानमा बसोबास गर्दै आईरहेका नेपालीहरुले आफुहरुलाई एकजुट गरि आफ्ना हक अधिकारको लागि पहल गर्ने तथा आफ्नो जन्मभुमीलाई सहयोग गर्ने उद्धेश्यले स्थापित नेपाल ताईवान संघले ताईवानस्थित नेपालीहरु विच भब्य रुपमा रात्रीभोजका ेआयोजनागरि सम्मान गरेको हो । रात्रीभोजका क्रममा खेलाडी तथा अफिसियलहरुलाई संघले खेल पोसाक समेत प्रदान गरेका थिए ।
कार्यक्रमका अवसरमा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीपजोशी (टेकराज), उपाध्यक्ष डा. ज्ञानेन्द्र पौड्याल, महासचिव पूर्ण सिंह वोहराले नेपाल ताईवान संघका अध्यक्ष राजु गुरुङ्गलाई मायाको चिनो प्रदान गरेका थिए ।
संघका सदस्य कपिल अधिकारीले सञ्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल ताईवान संघका अध्यक्ष राजु गुरुङ्गले विभिन्न पेशा र व्यवसायमा ताईवान बसोबास गर्दै आईरहेका नेपालीहरुलाई एकिकृत गर्दै उनीहरुको हकअधिकारको सुरक्षा तथा अन्य आपतविपतको अवस्थामा सहयोग पु¥याउने उद्धेश्यले स्थापित यस संघले आफ्नो मातृभूमीलाई पनि दुख कष्टका साथ आर्जन गरेको केही रकमले सहयोग पु¥याउंदै आएको बताए । उनले शैक्षिक क्षेत्रमा नेपालीहरुलाई संघले सहयोग पु¥याउंदै आई रहेको भन्दै भुकम्पका कारण नेपाल आक्रान्त भईरहेको अवस्थामा भुकम्प पिडितलाई संघको तर्फबाट सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले ताईवानमा उच्च शिक्षा हासिल गर्न चाहने आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेकोमा अवका दिनमा खेलकुद क्षेत्रलाई पनि सहयोग गर्ने उद्धेश्य रहेको र विश्वविद्यालय खेलकुद संघ, नेपालको माध्ययमबाट खेलाडीहरुलाई उच्चशिक्षाको लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
नेपाल विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज)ले नेपाल ताईवान संघले विगतमा नेपाल तथा नेपालीको लागि गरेको सहयोगको स¥हाना गर्दै आगामी दिनमा नेपाल ताईवान संघ र विश्वविद्यालय खेलकुद संघ नेपाली खेलाडीहरुको विकासको लागि सहकार्य गर्दै अगाडी बढ्न ईच्छुक रहेको बताए ।
कार्यक्रमलाई सफल बनाउन नेपाल ताईवान संघका सदस्यहरु राजन श्रेष्ठ, देव गुरुङ्ग, शंकर महर्जन, हरी कुसवार माझी, मुन्ना गुरुङ्ग लगायतले सहयोग पु¥याएका थिए ।

Comment