रायना र सलोनी उपाधिका लागि भिड्ने

एसकी रायना शाह र आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की सलोनी तामाङ १० औं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन् ।शुक्रबार भएको सेमिफाइनलमा रायनाले रातो बंगलाकी सर्भानी श्रेष्ठलाई ६–२ र ६–१ तथा सलोनीले सेन्ट जेभियर्सकी ईशाश्री शाहलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।सोही स्पर्धाको ब्वाइजमा सेन्ट जेभियर्सका आदित सुवेदीले कान्जिरोवाका निशान श्रेष्ठलाई ६–० र ६–४ तथा शुभताराका सम्यकभूषण वज्राचार्यले अक्षराका आदित्य सुवेदीलाई ६–३ र ६–१ को सीधा सेटमा हराए ।यु–९ ब्वाइज सिंगल्समा एलएका सक्षमविक्रम शाहले पाठशाला नेपालका दिवस शाक्यलाई ४–० र ४–०, एलएका आयुश राईले नेपाल पुलिस स्कुलका शिभम महर्जनलाई ४–० र ४–२, पुलिस स्कुलका स्लोक खड्काले युलेन्सका बोरिस अधिकारीलाई ४–१ र ४–१ तथा जोन डेवीका आयुशमान घलेले एलएका कृश कुँवरलाई ४–० र ४–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।सोही स्पर्धाको गल्र्समा प्रिमियर इन्टरनेसनल स्कुलकी प्रशंसा मोक्तानले इन्टरनेसनल फ्रेन्च स्कुलकी नाला जे. मास्केलाई ४–० र ४–० तथा सेन्ट मेरिजकी सोनिरा थापाले द ब्रिटिस स्कुलकी सइभी ढकाललाई पनि ४–० र ४–० को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे ।यु–१२ ब्वाइज सिंगल्समा पुलिस स्कुलका चार खेलाडी क्वाटरफाइनल पुगेका छन् । पुलिस स्कुलका निश्चल अधिकारी, प्रसिद्ध बस्नेत, चिराग तिमल्सिना र सरोज लामाले त्यो उपलब्धी हात पारे । बाँकी क्वाटरफाइनल पुग्नेमा काष्ठमण्डपका प्रणव मानन्धर, विश्व निकेतनका प्रीतम परियार, अक्षराका आदित्य सुवेदी र केन्द्रीय विद्यालयका राजवीर प्रधान छन् ।यु–१४ गल्र्स डबल्समा सलोनी तामाङ र सिकुम लिम्बूको जोडीले जेनी महर्जन र मार्सा महर्जनको जोडीलाई ६–१ र ६–० तथा हर्सिता पन्त र करुणा बुढाथोकीको जोडीले जस्मिन तामाङ र कृतज्ञ न्यौपानेको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे । विजेता र पराजित सबै जोडी आयोजक एलएका हुन् । यु–१२ गल्र्स सिंगल्समा एसकी रायना शाहले जोन डेवीकी अल्शा गुरुङलाई ६–१ र ६–०, एलएकी सुभाङ्गीलक्ष्मी शाहले इलिम किड्सकी शिरिस्ता राईलाई ६–१ र ६–२, रातो बंगलाकी सर्भानी श्रेष्ठले सेन्ट मेरिजकी इभा अधिकारीलाई ६–१ र ६–० तथा सेन्ट जेभियर्सकी ईशाश्री शाहले मल्पी सिटीकी समृद्धि श्रेष्ठलाई ६–० र ६–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

Comment