प्रकाश र सुरजद्वारा राष्ट्रिय किर्तिमान


काठमाण्डौमा जारी युथ एन्ड जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ मा तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । ६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । यस अधि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा स्पर्धा गरेका नेपालकै अर्का खेलाडी सुरज बैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान भंग गरेका थिए । बैश्यको युथमा राष्ट्रिय किर्तिमान रह्यो । यस तौल समूहमा अशोक कुमार शाहले २०७० मा भएको लुम्बिनी च्याम्पियनसिपमा स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरि कुलमा १३० केजीको राष्ट्रिय किर्तिमान रहेको थियो ।
प्रकाश आफ्नो जुनियरमा १२ औं स्थानमा र सुरज १५ औं स्थानमा रहे । यस्तै सुरज युथ तर्फ १३ औं स्थानमा रहे ।

Comment