राजु थाइल्यान्डतर्फ

दक्षिण एसियाली उसु च्याम्पियनसीपका उपविजेता राजु मर्हजन थाइल्यान्डको फुकेटमा आयोजना हुने आइसिएन बिश्व च्याम्पियनसीपमा सहभागि हुन मंगलबार अस्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । सो कन्टेस्टमा सहभागि हुने अन्य नेपालीमा दिपु मुनीकर,बिनोद मर्हजन र मिलन राइ रहेका छन् । टोलीलाई आइसिएन नेपाल प्रमुख सन्तोष श्रेष्ठ तथा महासचिव अनुप मान  मर्हजनले जर्सी हस्तान्तरण गरे । सन्तोष टोलीका प्रशिक्षक पनि हुन् । केही महिना अघि राजु यसैको तयारीका लागि नेपाल पनि आएका थिए ।

Comment