नगरपालीका समक्ष माग प्रश्तुत

IMG_9821 (1)edited

सरीता पुमा राई
धरान
धरान नगरपालीकाकोे कुल बार्षिक बजेटको न्युनतम ३ प्रतिशत खेलकुदका लागि व्यवस्था गरिनु पर्ने माग राख्दै नेपाल खेदकुद महासंघ १ नं क्षेत्रिय समिती सुनसरीले शुक्रबार धरान उपमहानगरपालीको कार्यकारी अधिकृत टिकादत्त राईलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको सुनसरी १ नै क्षेत्रिय सुनरी अध्यक्ष नविन राईले धउनपाको कार्यकारी अधिकृत राईलाई ज्ञापनपत्र बुझाएका हुन । उनले धरानमा खेलक्षेत्रको विकास हुनुमा धउनपाले पनि ठुलो सहयोग हुनु पर्न लगिायतको सात विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए ।
खेलकुदको भौतिक पुर्वाधारको विकास गर्न खेल मैदान र कर्भडहलको निर्माण स्तरोन्नती र मर्मतको व्यवस्था गरिनु पर्ने,स्थानिय क्लबहरुबाट नियमित रुपमा हुने प्रतियोगिताको संरक्षकत्व प्रदान गर्न पर्ने,साहासिक खेलहरु प्याराग्लाइडिङ, रयाप्टीङ,साईकलीङ आदीलाई प्रवर्धन र विकास गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न ठोस योजना ल्याउने लगायतको मागहरु रहेको छ ।
त्यसैगरी धउनपका कार्यकरी अधिकृत राईले खेलक्षेत्रमा पनि धउनपाले पनि सहयोगीको भुमिका खेल्ने बताए । धरानमा खेलक्षेत्रको विकासको अझै सुधार गर्न पर्न उनले बताए ।

Comment