गोजुकाइको साधारण सभा

gojukai photo1
नेपाल जेकेएफ गोजुकाइ केन्बुकान कराते संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले यल बहादुर गुरुंगलाई अध्यक्षमा निर्बीरोध निर्बाचीत गरेको छ । नीर्बीरोध निर्बाचीत हुने अन्यमा उपाध्यक्षमा होमराज पौडेल, पुरुषोत्तम प्याकुरेल र रामचन्द्र अधीकारी रहे । अस्मिता गुरुंग महासचिवमा नीर्बीरोध भइन् । सचिवमा रमेस पाठक र कोशाध्यक्षमा उत्तम कुमार श्रेष्ठ निर्बीरोध भए । सदस्यमा विकास गुरुंग, भगवान थापा,दिपेस भेटुवाल, जयराम अधीकारी, बसुनधरा तामांग र चन्दा गुरुंग रहे । गिनोज गार्डेन रेस्टुरेन्टमा भएको साधारण सभामा निर्बाचन अधीकृत टेक प्रसाद कट्टेलले निर्बाचीतलाई प्रमाणपत्र प्रदान गरे ।
यस अघि साधारण सभाको प्रमुख अतिथी सभाषद् धनराज गुरुंग तथा बिशेष अतीथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य मन बहादुर न्यौपानेले उद्घाटन गरे ।

Comment