बंगलादेश र प्राइमलाई उपाधि


बंगलादेश नेभी र प्राइमले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । बंगलादेश पुरुष र प्राइम महिलामा च्याम्पियन बने ।दोहोरो लिगको अन्तिम खेलमा बंगलादेश त्रिभूवन आर्मी क्लबसंग ८४–८७ ले पराजित भएपनि उपाधि हात पार्न सफल भएको हो । आर्मीले उपाधि जित्न बंगलादेशलाई ९ अंकअन्तरले हराउनु पर्ने थियो । पहिलो लेगमा बंगलादेशले आर्मीलाई ७७–६९ ले हराएको थियो । आर्मीले दोश्रो स्थानमा चित्त बुझायो ।
प्राइमले ह्वाइटहाउसलाई ३१–२७ ले हरायो । प्राइमको जितमा स्नेहा श्रेष्ठले ११ अंक योगदान गरिन् । विजेतालाई मुक्तिश्री कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गीले एक कार्यक्रमबीच पुरस्कृत गरिन् ।

Comment