अन्तर्राष्ट्रिय गोजुरियो केन्वाकाइ सेमिनार सम्पन्न

bisan2

जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघ, शाखा रुपन्देहीको आयोजनामा आठौं अन्तर्राष्ट्रिय गोजुरियो कराते डो केन्वाकाइ ट्रेनिङ सेमिनार तथा ग्रेडिङ क्याम्प बिहीबार सम्पन्न भएको छ ।
सेमिनारमा नेपालबाट ७५ जना, भारतबाट ३ र जापानबाट १ जना सहभागी थिए । नेपालबाट २८ जनाले ब्ल्याकवेल्ट सो डानकालागि २८ ले परीक्षा दिएकोमा २६ उत्तीर्ण भएको जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका केन्द्रीय प्रमुख प्रशिक्षक एवं एकेएफ जज विसन सिंह खड्काले जनाएका छन् । त्यस्तै नेपालबाटै ब्ल्याकवेल्टकालागि४ ले परीक्षादिएको माचारै सफल भए ।
सेमिनार जापान कराते डो गोजुरियो केन्वाकाइ, जापानका अन्तर्राष्ट्रिय निर्देशक एवं युएस ओपन कराते च्याम्पियनसिपका स्वर्ण विजेता सिहान माकोटोका मियार सेक्रेटरी मास्टर सिडियोन नाकासोनीले सञ्चालन गरेकाथिए । उक्त कार्यक्रम बुटवलस्थित एक्स आर्मी हलमा चारदिनसम्म चलेको थियो ।

Comment