मार्सल सेल्फ डिफेन्सको काठमाण्डौ जिल्ला गठन


सर्जू श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय नेपाल मार्सल सेल्फ डिफेन्स काठमाण्डौ जिल्ला सोमबार गठन भएको छ । काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको जिल्ला संघको साधारण सभाले संघको उपाध्यक्ष त्रयमा जगत योगी, ईश्वर धिमिरे र संजय महर्जनलाई जिम्मेवारी प्रदान गरेको छ । संघको सचिवमा तिलक घिमिरेले जिम्मेवारी पाएका छन् भने कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकी रहेका छन् ।
नेपाल मार्सल सेल्फ डिफेन्सका केन्द्रिय अध्यक्ष डि.बि.रानापालको अध्यक्षतामा भएको साधारण सभाले संघको सदस्यहरुमा बिपिन सोनाम, सर्मिला कारञ्जित, राधिका अधिकारी, सविन शाही, अनिल बन, अभिषेक गिरी र मनोज लामालाई चयन गरेको छ । १९९४ मा स्थापना भएको ११ मार्सल आर्ट खेलको सम्मिश्रण रहेको मार्सल सेल्फ डिफेन्स विश्वको २३ राष्ट्रमा स्थापित भईसकेको छ । साधारण सभाको उद्घाटन गर्दै काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष न्यौपानेले यस खेलले अन्य खेलको तुलनमा आफ्नो पहिचान बनाउन सफल हुनेमा विश्वस्त रहेको भन्दै यस खेलको विकास र विस्तारमा जिल्ला खेलकुद विकास समिति सदा संघको साथमा रहने बताए ।
संघका केन्द्रिय अध्यक्ष डि.बि. रानापालले राष्ट्रिय खेलकुद परिषदमा १६४ नम्बरमा दर्ता रहेको यो खेल विभिन्न ११ मार्सल आर्टको सम्मिश्रण भएको भन्दै यस खेलमा युवा मात्र नभई सवै उमेरका ब्यक्तिहरुले प्रशिक्षण लिन सक्ने र त्यसमा पनि महिलाहरुको लागि अतिनै महत्वपूण खेल भएको बताए । यस्तै अध्यक्ष रानापालले यस संघको अन्तराष्ट्रिय गोष्ठि बैशाख १ गते सोलुखुम्बुको पातलेमा आयोजना गर्न लागिएको समेत जानकारी गराए ।

Comment