धर्मराजलाई फिटनेश फस्र्ट उपाधी


धर्मराज लिम्बु तेश्रो मिस्टर फिटनेश फस्र्ट अन्तर खुला शारिरीक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन् । ६० केजीका उनले आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै उपाधी उचालेका हुन् । उनले नगद २५ हजार सहित ट्रफी र सप्लिमेन्ट प्राप्त गरे । लिम्बु ६० केजी तौलमा प्रथम स्थान हात पार्दै उपाधीका लागि ओभरअल राउन्डमा प्रवेश गरेका थिए ।
दोश्रो स्थानमा ७० केजीका हिरण श्रेष्ठ र तेश्रो स्थानमा ७० केजी माथीका दामोदर श्रेष्ठ रहे । उनीहरुले क्रमशः नगद १५ र १० हजार, ट्रफी र सप्लिमेन्ट प्राप्त गरे । उनीहरु पनि आफ्नो तौल समूहमा पहिलो स्थान हात पार्दै उपाधी दौडमा सामेल भएका थिए । प्रतियोगितामा कुवेर खत्री बेष्ट पोजर घोषित भए । उनले ट्रफी प्राप्त गरे ।
फिटनेश फस्र्ट क्लबको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष स्पोर्टस् फिजिक १६५ से.मि.को प्रतिस्पर्धामा सुजन रोका प्रथम भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । दोश्रो स्थानमा शेखर खत्री र तेश्रो स्थानमा राजेश तामाङ रहे । यस्तै १६५ से.मि. माथीको प्रतिस्पर्धामा शिव महर्जनले जित हात पार्दै नगद १० हजार सहित ट्रफी प्राप्त गरे । मनोज कटुवाल दोश्रो र दिपेन्द्र गिरी तेश्रो स्थान प्राप्त गर्न सफल भए ।
तीन तौल समूहमा भएको प्रतिस्पर्धामा ६० केजीमा त्रिजोन मानन्धर र मनोज सुरखेती दोश्रो र तेश्रो भए । ७० केजीमा अमर गमाल र सनत हमाल तथा ७० केजी माथीको तौलमा मनोज श्रेष्ठ र प्रदीप वानिया क्रमशः दोश्रो र तेश्रो भए । प्रतियोगितामा ५० शारिरीक सुगठनका खेलाडीहरुको सहभागिता रहेको थियो ।

Comment