युनिभर्सल पहिलो

आयोजक युनिभर्सलले तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज उपाधि आइतबार जितेको छ । पाँच टिम सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा पनि अपराजित यात्रालाई कायम राख्दै डिफेन्डिङ च्याम्पियन युनिभर्सलले गोल्डेन गार्डेनलाई १७–७ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमका लागि रोजल खरेलले ११ अंक जोडे । चार खेलमा सफलता पाएको गोल्डेन गार्डेन दोश्रो भयो । सान्तेम स्कुल तेश्रो स्थानमा रह्यो ।
सिनियर ब्वाइजमा सेन्ट जर्जले सिल्भर स्राइनलाई ३९–१७ ले हराउदै तेश्रो भयो । सेन्ट जर्जका लागि मोनिक हाङ लिम्बूले ३५ अंक जोडे । सिनियर गल्र्समा भने सिल्भर स्राइन तेश्रो हुन सफल भयो । सिल्भर स्राइनले दीक्षान्त बोर्डिङ स्कुललाई १३–८ ले पाखा लगायो । विजेताकी आकृति गुरुङले ६ स्कोर गरिन् । सिनियर ब्वाइजमा युनिभर्सल र अमरदीप तथा सिनियर गल्र्समा युनिभर्सल र पिक प्वाइन्ट यसअघिनै फाइनलमा पुगिसकेका छन् । दुवै फाइनल फागुन २५ गते हुने युनिभर्सलका बास्केटबल प्रशिक्षक विनोद केसीले जनाएका छन् ।

Comment