स्याट बास्केटबल शुक्रबारदेखि


स्कुल एलाइन्स फर एकेडेमिक ट्रान्सफोर्मेसन (एसएएटी) को आयोजनामा तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न तीन विधामा प्रतिस्पर्धा हुने आयोजक युनिभर्सल उमाविका प्रिन्सिपल समेत रहेका स्याटका अध्यक्ष विजयकुमार खरेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा ८ र सिनियर गल्र्समा ९ टिमको सहभागिता रहने युनिभर्सलकी ईसीए इन्चार्ज डोमा तामाङले जानकारी दिइन् । तीनै विधामा युनिभर्सल डिफेन्डिङ च्याम्पियन हो ।
नकआउट पद्धतिमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख खर्च हुने बताइएको छ । खेलहरु धुम्बाराहीस्थित युनिभर्सलको कोर्टमा हुनेछ ।

Comment