मलेसियामा कराते सम्मान

 मण्डला रेस्टुरेन्ट,मैदान पासार,क्वालालम्पुरमा नेपाली प्रवासी सितोरियो कराते संघले बुधबार सम्मान कार्यक्रम गरेको छ।नेपाल बाट  सेलनाइट अन्तर्राष्ट्रिय कराते कपमा सहभागी हुन मलेसिया पुगेका कराते गुरु र खेलाडी लाई  सम्मान गरिएको हो। सम्मानित हुनेमा नेपाल सोतोकान कराते महासंघका महासचिव तथा प्रमुख प्रशिक्षक एकेएफ रेफ्री श्याम शेर्पा र जापान गोजुरियो कराते डाे केन्वाकाइ संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक डब्लुजिकेएफ र एकेएफ  रेफ्री  विशनसिंह खड्का रहे । जापान गोजुरियो कराते डाे केन्वाकाइ संघ नेपालका राष्ट्रिय खेलाडी  निर्मल पुनलाई पनि  सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए मलेसियाका महासचिव सुन्दर आले मगर र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइरालाले  सम्मान पत्र साथै मायाको चिनो प्रदान गरे । कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका वरिष्ठ उपाध्यक्ष तथा पदकधारी  कर्न बहादुर राईसाथै सचीव  भिम बहादुर महर र खेलाडी  तुलाराम धामी सहभागी थिए ।
Comment