संजय सम्मानित

अन्टारटिकाको सर्बोच्च  सिखर भिन्सन मासिफ  केहि साता अगाडि आरोहण   गरेका  क्रितिमानी  बिस्व पर्वतारोही संजय पण्डितलाई बिहिबार नेपाल पर्यटन बोर्डले २ लाख ७५ हजार  बराबर सहयोग गरेको छ  |नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक राज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मान पत्र प्रदान गरे | नेपाललाई अन्तरास्ट्रिय क्षत्रमा  साहषिक हिमाल आरोहणको माध्यमबाट चिनाउन     उल्खेनिय भूमिका खेलेको हुनाले संजयलाइ उक्त रकम द्वारा सम्मान गरिएको बोर्डका कार्यकारी निर्देशक दीपक राज जोशीले बताए | संजयले सगरमाथा मनास्लु सहित बिस्वका ११ बिस्व सिखर हरु सफलतापुर्बक आरोहण गरेका छन् | पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलिया को सर्बोच्च  सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए | पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो बिस्व पर्वतारोही हुन् | संजयले अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान पनि सफलता पुर्बक आरोहण गरेका थिए |

Comment