हेड टु हेडमा नेपाललाई स्वर्ण

नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अङ्क जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अङ्कसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अङ्क जोडेको नेपाल चौथो भयो ।

समग्र टिममा भने नेपाल दोस्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

Comment