मुसा मसला एन्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङको उपाधि तेन्जिङ र पञ्चमायालाई

काठमाडौँ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एन्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् । 

 पकनाजोलमा स्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिवार भएको एक दिने प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र पञ्चमाया महिलातर्फ च्याम्पियन बनेका हुन् । 

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अङ्क स्कोर गर्दै नगद २० हजार र विभिन्न गिफ्ट ह्याम्पहरु जिते । 

यस्तै दोस्रो भएका साजन लामाले ५६ अङ्क स्कोर गर्दै १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले नगद ५ हजार र गिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अङ्क स्कोर गरे । 

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार र गिफ्ट ह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकीले स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार नगद र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरिन् । 

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रबन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जमा ३ विदेश खेलाडी समेत सहभागी थिए । 

पहिलो चरणमा क्वालिफिकेसन राउन्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा ८ पुरुष र ८ महिला खेलाडीबिच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिता अन्तर्राष्ट्रिय महासङ्घ (आईएफएससी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार सञ्चालन गरिएको थियो भने नेपाल आरोहण खेलकुद सङ्घ (एनसीएसए) ले पनि मान्यता दिएको छ । प्रतियोगिताको प्राविधिक सहयोगीको रूपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घ रहेको छ ।

प्रतियोगिताको विजेता खेलाडीहरूलाई नेपाल आरोहण खेलकुद सङ्घका अध्यक्ष हरि धरेल, मुसा मसला संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रबन्ध निर्देशक प्रनिलमान श्रेष्ठले लगायत पुरस्कार वितरण गरेका थिए । 

यस प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रूपमा अमेरिकी गैर नाफामूलक संस्था मुसा मसला र नेपालस्थित वोङ्छु पिक प्रमोसन रहेको छ । प्रतियोगिताको अन्य प्रायोजकहरूमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आइरहेको इटालियन ब्रान्ड स्कार्पा रहेको छ भने अन्य सह प्रायोजकहरूमा ब्ल्याक डायमन्ड, बीइएल, क्याजुयल एसजी, टक्यो पाउडर इन्डस्ट्रिज, इन्फिनिटी वेयर्स, बज्र फिटनेस, पाङ्ग्रो र पेरिपिङ्कल सर्भिसले सहयोग गरेका थिए । यस्तै कन्ट्रिबुसन प्रायोजकको रूपमा फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ, हस्पिटालिटी पार्टनरको रूपमा ल्यान्ड मार्क होटेल एन्ड रिसोर्ट, मेडिकल पार्टनरको रूपमा स्टार हस्पिटल र सेक्युरिटी पार्टनरको रूपमा भिजन सेकुरिटिज थिए ।

Comment