एडभेन्चर रनिङको नेतृत्वमा कुँवर


नेपाल एडभेन्चर रनिङ महासङ्घको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ तिम्सिना, मिरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायक जय मल्ल र टगत बहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन रहेका छन् ।
सहदेव व्यञ्जनकार, राजमान महर्जन, सुजित कुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीणकुमार महतो सदस्यमा चयन भए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गरे । सोमबारै बसेको महासङ्घको बैठकले चार पदाधिकारी र ५ सदस्य गरी ९ जना मनोनयन गरेको छ । राजन खत्री वरिष्ठ उपाध्यक्ष, होमराज खपाङ्गी मगर उपाध्यक्ष, रवीन्द्र थापा सचिव र सङ्गीता रोकाया सह–कोषाध्यक्षमा मनोनीत भए । प्रीति खत्री, जगत सिंह धामी, सूर्य बुढाथोकी, डा. सुदिन महर्जन र बाबुराजा श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ ।

Comment