सन्जिवलाई फोइलमा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्गर्तत त्रिपुरेश्वरस्थित कर्भडहलमा सम्पन दोस्रो फेन्सिङ च्याम्यिनसिपको पुरुष फोयल एकलतर्फ मध्यमाञ्चलका संजिव लामाले स्वर्ण पदक जितेका छन् । निकै प्रतिस्पधात्मक खेलमा उनले सेना जलेन्दं शाहीलाई १५–१४ अंक हराएका थिए । शाहीले रजतमा चित्त बुझा । त्यसैगरि सो स्पर्धामा सेनाका अनुप भण्डारी र मध्यमाञ्चलका पुरुषोत्तम खत्रीले काश्य जिते ।
त्यसैगरि महिलातर्फ नेपाली सेनाका रमा सिंह ठकुरी प्रथम भइन् भने एपीएफकी मन्दिरा थापा दोस्रो र सेनाकी सुनिता बढाथोकी र एपीएफकी उर्मिला माझी तेस्रो भए ।
फोयलको महिला टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो । सो टिममा उर्मिला माझी, अनिता अधिकारी, मन्दिरा थापा र रुवी तामाङ छन् । त्यसैगरि मध्यमाञ्चल टिमले रजत जित्यो । टिममा सुजाता कुँवर, गोमा आचार्य र सुष्मा मगर छन् । त्यसैगरि सेनाको टिमले काश्य जित्यो । सो टिममा रमासिंह ठकुरी, ज्योति थापा, सुजाता भण्डारी र सुनिता बढाथोकी छन् ।
पुरुषतर्फ नेपाली सेना टिम च्याम्पियन भयो । सो टिममा राजन राज खड्का, अनुप भण्डारी, जलेन्द्र शाही र श्रीकृष्ण केसी छन् । एपीएफले रजत जित्यो । सो टिममा ज्ञानेन्द्र तिमल्सिना, शेरसिंह ऐरी, महेसप्रसाद भट्ट र गणेश थापा छन् । मध्यमाञ्चले काश्य जित्यो । टिममा जीवन श्रेष्ठ, सन्तोष थापा, पुरुषोत्तम खत्री र सन्जिव लामा छन् । कान्छा खेलाडी खुसीमान गुरुङलाई समेत नेपाल फेन्सिङ संघले सम्मान गरेको थियो ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योती राणा, सदस्य निलेन्द्रराज श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, संघका अध्यक्ष सुनिल श्रेष्ठ, महासचिज सुजनलाल श्रेष्ठ, वरिष्ठ खेलपत्रकार श्याम चित्रकारले पुरस्कार वितरण गरेका थिए । फोइल, साइवर, एपी गरी ९ स्वर्ण पदक, ९ रजत पदक र १५ काश्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Comment