आर्मी टिम च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी शुक्रवार टिम च्याम्पियन बनेको छ । समान ५–५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोस्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेस्रो भए ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कांस्य, गण्डकीले ४ कांस्य तथा प्रदेश १ ले ३ कांस्य प्राप्त गरे । प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
 अन्तिम दिन शुक्रवार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मीन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्ड हलमा एपीएफका जङ्ग गिरी, सुकिराम तामाङ र सागर थापा दोस्रो  भए । बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेस्रो भए ।
Comment