एडिडास रोड रेसमा हरि र कान्छीमाया पहिलो

road race
एडिडास नेसनल १० किलोमिटर रोड रेसको उपाधि पुरुषमा नेपाल आर्मीका हरिकुमार रिमाल र महिलामा एपीएफकी कान्छीमाया कोंजुले शनिबार जितेका छन् ।
एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसन प्रा.लि.ले नेपाल एथलेटिक्स संघँगको सहकार्यमा आयोजना गरेको १० किलोमिटर दूरीपुरा गर्न रिमालले ३० मिनेट ४७ः८ सेकेन्डको समय लिएका थिए ।
कान्छीमाया कोजुले ३८ मिनेट ०३ः७० सेकेन्डमा दौड पूरा गरिन् ।  पुरुष÷महिला विजेताद्वयले  समान ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यसैगरी पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की दोश्रो भए । उनले ३० मिनेट ५४ः५ सेकेन्ड लगाए । आर्मीकाराजन खत्रीले ३० मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हासिल गरे । त्यसैगरी आर्मीकै लालबहादुर थापाले ३० मिनेट ५९ः३ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थान हासिल गरे । ३१ मिनेट ०१ सेकेन्डमा दुरी पुरा गर्दै प्रहरीका भूमीराज राई पाँचौ स्थानमा आए भने ३१ मिनेट ०५ः५ सेकेन्डमा दुरी पुरा गर्दै ज्ञानप्रसाद भट्टराई छैटौं भए ।
महिलातर्फ आर्मीकी विश्वरुपा बुढा दोस्रो भइन् । उनले ३८ सेकेन्ड ०३ः७० सेकेन्डमा दुरी पुरा गरिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो भइन् । उनले सो दुरी ३९ मिनेट ५८ः६ सेकेन्डमा पुरा गरिन् । काठमाडौंकै मिरा राई चौथा भइन् । उनले सो दुरी ४० मिनेट ४३ः४ सेकेन्डमा पुरा गरिन् । ४१ मिनेट ०८ः९ सेकेन्डमा दुरी पुरा गर्दै एपीएफकी कृष्णश्वरी सिन्तकला पाँचौं भइन् । ४१ मिनेट२७ः५ सेकेन्डमा दुरी पुरा गर्दै एपीएफकै पुष्पा भण्डारी छैटौं स्थानमा आइन् । महिला तथा पुरुष दुवै विधाका दोस्रो हुने खेलाडीले २५÷२५ हजार, तेस्रो  हुनेले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गरे । चौथो देखि छैटौं हुने खेलाडीले ५÷५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।
यसैगरि ५ किलोमिटर फन रनको पुरुषतर्फ छत्रबहादुर दाहाले प्रथम भए । उनले १६ मिनेट ५०ः५० सेकेन्डमा दुरी पुरा गरेका थिए । १६ मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरी हरेराम नेपाल दोस्रो भए । १७ मिनेट १४ः६४ सेकेन्डमा दुरी पुरा गरि नारायण देशार तेस्रो भए ।
५ किलोमिटर फन रनमा महिलातर्फ होमी बुढामगर प्रथम भइन् । उनले २१ मिनेट ४७ सेकेन्ड समय लिइन् । सर्मिला क्षेत्री दोस्रो भइन् । उनले २२ मिनेटमा दुरी पुरा गरिन् । त्यसैगरीस्विडेनकी लिना बोर्जेस् तेस्रो भइन् । उनले २४ मिनेट ०४ सेकेन्डको टाइमिङ लिएकी थिइन् । फनरन तर्फका विजेतालाई रुट्स फेसनले उपहार प्रदान गरेको थियो ।
सो अवसरमा रुट्स फेसनका प्रबन्ध संचालक संजिव तुलाधरले न्योनो संसारलाई २ हजार ब्ल्यांकेटसमेत प्रदान गरेका थिए । तराईको सितलहरबाट प्रभावितका लागि रुट्स फेसनको नेतृत्वमा संकलित ति ब्ल्याकेट न्यानो संसारमार्फत हस्तान्तरण गरिएको हो ।
प्रतियोगिताको उद्घाटन सभासद नविनद्रराज जोशीले गरेका थिए । सो अवसरमा सभासद् रामहरि खतिवडा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सभासद् एवम् नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह,सिएनएन हिरो पुष्पा बस्नेत, नेपाल बक्सिङ संघका अध्यक्ष तथा रुट्स फेसनका डाइरेक्टर राजीव श्रेष्ठलगायतको उपस्थिति थियो ।
रुट्स फेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि विभिन्न खेलकुद गतिविधिलाई सहयोग गर्दै आएको र यसैलाई निरन्तरता दिएको रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले बताए । यसैगरी आईतबार दशरथ रंगशालामा एडिडास गोल्डेन स्प्रिन्ट प्रतियोगिताको समेत हुन लागेको तुलाधरले बताए ।

Comment