ग्रास रुट कार्यक्रमको उद्घाटन  

Manoj Shiama
12 August, 2025 4:09 pm

एन्फा ग्रास रुट कार्यक्रमको मंगलबार औपचारिक उद्घाटन भयो । कार्यक्रमको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्बाङले गरे । उद्घाटनकै अवसरमा लोगो समेत अनावरण गरियो । 

कार्यक्रमका लागि टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको ग्रास रुट विभागका प्रमुख पङ्कज शाहीले जानकारी दिए । दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको हो । टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे ।

कार्यक्रमको अध्यक्षता एन्फाका ग्रास रुट समिति संयोजक मणि चेम्जोङले गरेका थिए । 

विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुराका सहकार्य भएको शाहीले बताए । ३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासङ्घ(फिफा)को आर्थिक सहयोगमा हुन लागेको हो । ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने छ ।