एडिडास रोड रेस शनीबार

एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले आयोजना गर्ने एडिडास नेशनल १० किलोमिटर रोड रेस शनिबार हुँदैछ । नेपाल एथलेटिक्स संघसँगको सहकार्यमा हुन लागेको सो रेडसका लागि सम्पूर्ण तयारी पूरा भएको रुट्स फेसनका प्रबन्ध सञ्चालक सञ्जीव तुलाधरले बताए ।
रेसमा सहभागी हुनेहरुले आयोजकले तोकेका स्थानहरुमा उत्साहजनक रुपमा नाम दर्ता भएको तुलाधरले बताए । सबैतिरको नाम दर्ता हेर्दा ५ सयभन्दा बढिको सहभागीता हुन सक्ने उनले अनुमान लगाए । ‘अन्य आवश्यक सबै तयारी पुरा भएको छ । रोड रेस व्यवस्थित र सुरक्षीत हुने छ । यसका लागि हामीले सबै तयारी पुरा गरेका छौं ।’ तुलाधरले भने ।
त्यसैगरी रोड रेसमा प्रतिस्पर्धा गर्न नचाहानेहरुका लागि ५ किलोमिटर फन रेस समेत हुने छ । रोड रेस दरबारमार्गबाट सुरु भई विधिन्न भागको परिक्रमा गरी दरबारमार्गमै आएर टुंगिने छ । सो रेसको विजेता महिला तथा पुरुष दुवैलाई जनही ४० हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरी महिला÷पुरुष उपविजेता धावकले २५÷२५ हजार पुरस्कार प्राप्त गर्ने छन् । तेस्रो हुने दुवै विधाका खेलाडीले जनही १५ हजार पुरस्कार प्राप्त गर्ने तुलाधरले बताए । चौथोदेखि छैटौं हुने खेलाडीलाई ५÷५ हजार पुरस्कार प्रदान गरिने छ ।
सो रेसका लागि करिब १२ लाख खर्च लाग्ने तुलाधरले बताए । यसै अवसरमा रुट्स फेसनले तराइको शितलरहलाई मध्यनजर राख्दै २ सय ब्ल्यङकेट समेत न्यानो नेपालमार्फत हस्तान्तरण गर्दैछ । रुट्स फेसनकै सहकार्यमा अन्य कम्पनीहरुले समेत गरी १ हजार भन्दा बढी ब्ल्याङकेट उपलब्ध गराउने कार्यक्रम रहेको तुलाधरले बताए । रुट्स फेसनले सामाजिक उत्तर दयित्वअन्तर्गत विभिन्न खेलकुद गतिविधिमा सहयोग गर्दै आएको छ ।

Comment