राणा कार्यकालमा नेपाली युथ टेनिसको फड्को

manoj rana1manoj junoir tennis
नेपाल लन टेनिस संघले मनोज राणाको नेतृत्व पाए यता एक पछि अर्को फड्को मार्ने क्रममा भौतीक संरचना, पूर्वाधार विकास र खेलको स्तर सबैमा अग्रणी रहन सफल र्हयो । यस विचमा अन्तराष्ट्रिय क्षेत्रमा प्रभावकारी र विकासोन्मुख रहेको नेपालले फड्को मार्ने क्रममा २३ डिसेम्बर देखि ३० डिसेम्बर सम्म कतारमा हुने एसियन जुनियर टिम कपमा सहभागि हुने नेपाली टोलीको तयारी तीब्र तयारी भएको छ । एसियाका १४ बर्ष मुनीका उत्कृष्ट टोलीको प्रतियोगितामा सहभागिता रहने छ । एसियाका उत्कृष्ट १) टोलीमा पर्नु चानचुने नभएको टेनिसलााई नजीकबाट नियालनेहरु बताउछन् ।
हरेक बर्ष तीन खेलाडी नेपाल बाहीर प्रशिक्षणमा जानु र १४ बर्ष मुनी र  १६बर्ष उमेर समुहमा सहभागिता  जनाउने नेपाली टोली मनोज राणाको कुशल नेतृत्वकै कारण ग्वान्झाउ र इन्चोन एसियाडमा नेपाली टेनिसको सहभागिता रहेको  टेनिस प्रशिक्षक सुर्य भुषण बज्राचार्य बताउछन् ।
मनोज राणा पनि समग्र टेनिस परिवार, खेलाडी र प्रशिक्षकको मिहनेतका कारण यी सबै सबै सम्भब भएको कुरामा जोड दिन्छन् । कतार प्रतियोगितामा सहभागि हुने संरक्षक भुषण , रेन्जन लामा, सम्यक भुषण र प्रनब खनाल सबै एकसेएक भएको बताउने अध्यक्ष राणाको विचारमा नेपालका लगभग १० खेलाडी अन्तराष्टिय स्तरको प्रतियोगिताका लागि योग्य छन् । अर्को महिना भारतमा लगातार खेलिने तीन प्रतियोगिता नेपालका लागि उपलब्धी मुलक हुने बिश्वास अध्यक्ष राणाको छ । चन्द्रीगढ, दिल्ली र कोलकातामा हुने प्रतियोगितामा ब्यस्त तालीकामा रमाउने नेपाली युवा खेलाडीका लागि यो महत्वपूर्ण अनुभबको रुपमा रहने बिश्वास गरिएको छ ।
१५० जना युवा खेलाडीको समुहबाट छानीएका हरेक खेलाडी उत्केष्ट हुने बिश्वास उनको छ । टेनिस संघले सुरु गरेको निशुल्क टेपनस प्रशिक्षक क्याम्पमा नेपालमा टेनिस खेल मध्यमबर्गीयमा पनि फैलीएको र यसको प्रभाव पनि बढेको उनको मत छ । एक सातामा तीनदिनसम्म हुने प्रशिक्षणबाट नौ घन्टा हुने प्रशिक्षणले सबैलाई निखार्न सहयोग गर्ने उनको अनुभब छ ।

Comment