पश्चिमाञ्चल र आयोजक सेना फाइनलमा भिड्ने

handball thursday
पोखरा

पश्चिमाञ्चलको हिमालयन क्लब र सेनाको रातो टोली पोखरामा जारी पश्चिम पृतना दोश्रो खुला राष्टिय ह्याण्डबल रनिङ्ग शिल्ड प्रतियोगिता उपाधीको लागि भिड्ने भएका छन् ।
बिहिबार सम्पन्न पहिलो सेमिफाइनलमा पश्चिमाञ्चलको हिमालयन क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३२—२७ गोलले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो  । निर्धारित ६० मिनटको समय सम्म दुवै टोलीको समान २१÷२१ गोलको वरावरी भए पछि थप गरिएको अतिरिक्त २० मिनटको समयमा पश्चिमाञ्चल एपिएफ माथी हावी भएको थिायो । अतिरिक्त समयमा पश्चिमाञ्चलले थप ११ गोल गरेको थिायो भने एपिएफले ६ गोल मात्र गर्न सफल भएको थियो ।
प्रतियोगितामा पश्चिमाञ्चलका प्रेम गुरुङ्गले ८, बासु गुरुङ्ग र हेमत थापाले समान ६ गोल गरेका थिए । एफिएफका मनोज ठगुन्नाले आफ्नो टोलीको लागि १० गोलको योगदान गरेका थिए ।
दोश्रो सेमिफाइनलमा सेनाको रातो टोलीले सेनाकै निलो टोलीलाई २७—१७ गोल अन्तरले पराजित ग¥यो । सेनाको रातो टोलीका अमर श्रेष्ठ र निलोका अमृत थापाले समान ७÷७ गोल गरे ।

Comment