ओसिड नेपालका सन्तोष चौधरीलाई बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल संघ, कन्सिन नेपाल तथा केन्द्रिय बाल कल्याण समितिको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय अन्तर बालगृह रनिङशिल्ड बुद्धिचाल प्रतियोगिताको उपाधि ओसिड नेपालका सन्तोष चौधरीले हात पारेका छन् ।